नवौं विश्वकर्मा भलिबल कपमा गल्याङ च्याम्पियन, उमेश बने सर्वाेत्कृष्ट
पाेखरा | असोज ५, २०८३
पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा हरिनास गाउँपालिकालाई हराउँदै गल्याङले उपाधि जितेको हो ।
प्रतियोगिताबाट शुक्लागण्डकी–१२ ले सान्त्वना स्थान हाँसिल गर्याे । उपाधि जितेको गल्याङले नगद १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने उपविजेता बनेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा सान्त्वना स्थान हाँसिल गरेको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गल्याङका उमेश सेन्चुरी पुरस्कृत भएको खेलकुद संयोजक पीताम्बर सुनारले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा हरिनास गाउँपालिका–६ का सुनील मानन्धर, बेस्ट ब्लकरका रुपमा हरिनास गाउँपालिकाकै सञ्जित मानन्धर, बेस्ट डिफेन्डरका रुपमा गल्याङका सुशील विश्वकर्मा र बेस्ट सर्भरका रुपमा शुक्लागण्डकी–१२ का विशाल ठाकुरी उत्कृष्ट कोचमा गल्याङका श्याम विश्वकर्मा घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरे ।
समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज केवल एउटा समुदायको नाम नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको धारणा राखिन् ।
समाज निर्माणमा महत्वपूर्ण योगदान दिने सीपयुक्त हातहरूको सम्मान गर्नुपर्ने उनले बताइन् ।
गौतमले भलिबल प्रतियोगिता केवल जित र हारको प्रतिस्पर्धा मात्र नभई युवाहरूलाई जोड्ने माध्यम, प्रतिभा उजागर गर्ने अवसर तथा अनुशासन र सहकार्य सिकाउन मद्दत पुग्ने उल्लेख गरिन् ।
आयोजक संस्थाका अध्यक्ष बेलबहादुर विश्वकर्माले नवौं संस्करणको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेपनि प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन समाजका सबै तहबाट सहयोग भएकै कारण सफल भएको बताए ।
उनले युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...

